अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्चको रोक

सर्वोच्च अदालतले नागरिकता वितरण नगर्न फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता वितरण गर्ने गृह मन्त्रालयको सकुर्लर अनुसार नागरिकता वितरण नगर्न नयाँ अन्तरिम आदेश जारी गरिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलाशले २०५४ सालमा जितेन्द्रनारायण देवको नेतृत्वमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता वितरण नगर्न अन्तरिम आदेश दिएको हो ।

तर एक साताअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलाशले भने गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नु भनेको थियो । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की समेतले दिएको अर्को रिटको सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको किनारा नलागे सम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । यसले कार्की र श्रेष्ठको इजलासले जारी गरेको अन्तरिम आदेश निष्क्रिय बनेको छ ।

Facebook Comments