भारतीय प्रधानमन्त्री मोदीद्वारा वाराणसीबाट उम्मेदवारी दर्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्र उत्तर प्रदेशको वाराणसीमा लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । भारतीय संञ्चारमाध्यमहरुमा उहाँले स्थानीय चुनाव आयोगको कार्यलयमा उम्मेदवारी दर्ता गराउनुभएको उल्लेख गरिएको छ ।

उम्मेदवारी दर्ता गराउनुअघि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए) का नेताहरुसँग प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो । यस क्षेत्रको निर्वाचनमा भाजपा, जनता दल युनाइटेड, शिवसेना, लोकजनशक्ति पार्टीबीच गठबन्धन भएको छ । यसअघि कांग्रेस महासचिव प्रियंका गान्धी मोदीको विरुद्धमा सोही क्षेत्रबाट चुनाव लड्न सक्ने अड्कलबाजी गरिएको थियो । तर, प्रियंका सो क्षेत्रबाट उम्मेदवार नबन्ने बताइएको छ ।

Facebook Comments