एनआइसी एसिया बैंककाे अमरसिंहचोकमा शाखा कार्यालय सञ्चालनमा

एनआइसी एसिया बैंकले शाखा विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा बैंकले पोखराको अमरसिंहचोकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

नेपाल राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लिराम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुभएकाे हाे । कार्यक्रममा बोल्दै राष्ट्रबैंकका निर्देशक पोखरेलले एनआइसी एसिया बैंकको शाखा विस्तार र सेवा विस्तारको अभियान प्रशंसनीय रहेको बताउनुभयाे ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले एनआइसी एसिया बैंकले सफलता प्राप्त गरेको बैंकका प्रदेश प्रमुख दीपेन्द्र शर्माकाे भनाइ छ । बैंकको हालसम्म मुलुकभर २ सय ८१ वटा शाखा कार्यालय पुुगिसकेका छन् ।

२ सय ८९ वटा एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक रहेकाे शर्माले जानकारी दिनुभयाे ।

शर्माले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बताउनुभयाे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । शाखा उद्घाटन कार्यक्रममा पोखरा वडा नं. १० का वडा सदस्य दीपक थापा, व्यवसायी भरत केसी, महेन्द्रपुल शाखा प्रमुख स्वेता शेरचन, अमरसिंह शाखा प्रवन्धक बलबहादुर बानियाँ लगायतले बोलेका थिए ।

Facebook Comments