भरतपुरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा चितवनको भरतपुर महानगरपालिका हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले मुक्तिनाथ बैंकले ग्राहकको आवश्यकता अनुसारका सेवा प्रवाह गरेको बताउनुभयो । उहाँले बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध सेवाग्राहीलाई व्यवसायिक बन्न सहयोग पुर्याको उल्लेख गर्नुभयो । गुणस्तरीय सेवा र सामाजिक आर्थिक विकासमा आगामि दिनमा थप योगदानका लागि उहाँको आग्रह थियो ।

शाखाकार्यालयको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो । मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाखग्राहकवर्गलाई बैकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

Facebook Comments