विचारका आधारमा काेही पनि जेल जाुनपर्दैन : रक्षामन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राणा र पंचायत कालमा जस्तो विचार बोकेकै आधारमा कुनै पनि मानिस जेल जानुपर्ने, विस्थापित हुनु नपर्ने बताउनुभएकाे छ । उहाँले विगतमा जस्ताे अवस्था अहिले नरहेको बताउनुभयो । पाेखरामा मदन भण्डारी फाउण्डेसनले गरेकाे कार्यक्रममा उहाँले भन्नुभयो, ‘राजनीतिक रुपमा अपराधिक क्रियाकलाप हुन्छन भने अहिले पनि छुट छैन ।’

समाजवाद राजनीतिक प्रणालीबाट विकसित दलको सरकार तानाशाह वन्न नसक्ने उहाँको भनाई थियो । नेपाल कम्युनिष्ट पार्टीको ७० औ स्थापना दिवसको अवसरमा मदन भण्डारी फाउण्डेसन कास्कीद्वारा शनिवार पोखरामा आयोजित वर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिको यात्रा विषयक वहस कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले जनताका अधिकार स्थापनाका लागि ७० बर्षदेखि देखि लडेको पार्टी अधिनायकवादी बन्न नसक्ने जिकीर गर्नुभयाे ।

नेकपाको सरकारले एक वर्षे अवधिमा विकासको जग वसालेको अब देशलाई विकास र समृद्धितर्फ अगाडि वढाउने छ, अवको राजनीति भनेको समृद्धि नै हो, उहाँले भन्नुभयो अबको विकासको मोडेल भनेको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रद्वारा संयुक्त रुपमा अगाडि सारिएका घोषणा पत्र अनुसार नै हुने र आम नागरिकले त्यस्तो विकासको अनुभूति छिट्टै गर्न सक्ने बताउनु भयो ।

कृषिमा व्यवसायीकरण, उद्योग क्षेत्रमा विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन, पर्यटन, उर्जाका क्षेत्रमा सरकार अगाडि वढ्छ, हिजो राजनीतिक रुपमा प्रतिस्पर्दामा थियो अव सरकार र काँग्रेस सहित सबै पार्टी मिलेर विकास र समृद्धिमा जुटनुपर्नेमा जोड दिनु भयो ।

Facebook Comments