अहिलेकाे कर्मचारीतन्त्रबाट नेपालको विकास सम्भव छैन : पूर्व मन्त्री शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पुर्व उर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको विकास अहिलेका कर्मचारीबाट सम्भव नहुने बताउनुभएकाे छ । दुई तिहाईको सरकार छ विकास भएन भनेर जनताले प्नश्न गर्छन, शर्माले भन्नुभयाे, ‘सरकार मात्र रहेको तर सत्ता कम्युनिष्ट पार्टीकाे छैन ।

नेता शर्माले कर्मचारीतन्त्र सुविधा मुखी भएको भन्दै कर्णाली प्रदेशमा कुनैपनि कर्मचारी जान नमान्नु यसको ज्वलन्त उदाहरण रहेको टिप्पणी गर्नुभयाे । नेकपाको लक्ष्य समाजबादमा पुग्ने रहेको भन्दै उहाँले समाजबाद बारेमा पार्टीभित्र बहस हुनुपर्ने बताउनु भयो ।

समाजबादको लागि स्पष्ट दृष्टिकोण चाहिने दोहोराउनु भयो । नेकपाले भनेको समृद्ध राष्ट्र आर्थिक , राजनैतिक सामाजिक रुपमा पछि परेको बर्ग र समुदायको लागि आबश्यक भएको बताउदै नेकपाको ध्यान त्यसमै केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments