सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो : नेता गिरी

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले पूँजीवादले मानिसको स्वतन्त्रतालाई समाप्त पार्ने वताउदै जग्गा, पैसा, भौतिक पूर्वाधारले समाजवादी क्रान्ति सफल नहुने बताउनुभएकाे छ । सत्ता परिवर्तनसँगै राजनीतिमा दलीयकरण वढ्दो छ, यसले कुनैपनि दललाई फाइदा नगर्ने नेता गिरीकाे धारणाा छ ।

उहाँले सरकारमा वसेका व्यक्तिले आम जनतालाई शशक्तिकरण तर्फ लैजान जरुरी भएपनि त्यसाे हुन नसकेकाे तर्क गर्नुभयाे । नेपालमा अझै पनि गास, बास र कपासको समस्या छ, त्यसकारण हामीले समृद्धि र समाजवादको परिभाषा बदल्न पनि बदल्न जरुरी छ, विकसित राष्टको जस्तो समाजवाद नेपाल भित्र चल्न सक्दैन,गिरीले भन्नुभयो ।

Facebook Comments