गोर्खा कम्युनिटी पोखराको दर्शौ वार्षिकोत्सव सम्पन्न

ब्रिटिश, भारतीय र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सका बीर र इमान्दार गोर्खाहरुको संस्था गोर्खा कम्युनिटी पोखराको शुक्रवार पोखरामा दशौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि १÷५ जिआरका बयोबृद्ध अध्यक्ष क्याप्टेन इन्द्रबहादुर गुरुङले वार्षिकोत्सवको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम उद्घाटनसँगै वार्षिकोत्सवको केक समेत प्रमुख अतिथि गुरुङ लगायतले काट्नुभएको थियो।

कार्यक्रममा हालै सम्पन्न आठौं राष्ट्रि«य खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भई गल्फ खेलमा कास्य पदक विजेता गोर्खा कम्युनिटी पोखराका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ र हालै नेपालका राष्ट्रपतिबाट जनसेवा श्री पदकबाट विभुषित गोर्खा कम्युनिटी पोखराका आजीवन सदस्य पवित्रा गुरुङलाई प्रमुख अतिथि क्या.इन्द्रबहादुर गुरुङले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि क्या. गुरुङले गोर्खाहरुको एकता नै बल हो भन्नुहुदै एकतावद्ध भई आपसी सहयोग, हित, अधिकार र दुःख सुखको आदान प्रदान हुनुपर्ने बताउनुभयो।अरु मुलुकमा गोर्खालाई अत्यन्तै सम्मान भए पनि आफ्नै देश नेपालमा गोर्खाको उचित सम्मान नभएको गुनासो समेत उहाँको थियो।

गोर्खा कम्युनिटी पोखराका संस्थापक अध्यक्ष, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङले गोर्खा कम्युनिटी पोखराको स्थापनाको उद्धेश्य, विगतका उपलब्धिहरु, वर्तमानका गतिविधीहरु र आगामी दिनका योजनाका बारेमा प्रष्ट्याउनुभएको थियो।

उहाँले गोर्खाहरु एक भए सबै क्षेत्रमा सफल हुन सकिने भन्दै एकताका लागि सबैलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा सम्मानित पवित्रा गुरुङ, मेजर प्रेमबहादुर थापा, द्धितिय उपाध्यक्ष तथा ४÷१ ीजआरका अध्यक्ष नासु जंगबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गोर्खा कम्युनिटी पोखराका अध्यक्ष डब्लु ओ टु धर्मराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष अनरेरी सुवेदार मेजर दलबहादुर गुरुङले स्वागत र क्या.चोकबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

Facebook Comments