लायन्सको डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल विजयी

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साल विजयी हुनुभएकाे छ । शुक्रबार र शनिबार पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट लायन वर्ष २०१९/२० का लागि उहाँ गभर्नर चयन हुनुभएकाे हाे । प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका विजयी हुनुभएकाे छ । त्यस्तै द्वितीय भाइस गभर्नरमा विशेश्वर आचार्य विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी ध्रुव श्रेष्ठलाई पछाडि पार्दै आचार्य विजयी हुनुभएकाे छ । विशेश्वर आचार्य ५ सय ४४ मतका साथ विजयी हुँदा श्रेष्ठले ३ सय ३० मत पाएका थिए ।

यसैबीच नवनिर्वाचित गभर्नर इन्दुु लम्सालले क्याविनेट सेक्रेटरी सहित केही महत्वपूर्ण पदमा नियुक्ति गर्नुभएकाे छ । लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगानालाई नियुक्त गर्नुभएकाे छ । ट्रेजरमा भीम लाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पब्लिक रिलेसन अफिसर इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिट्रेटर उदय कुमार नेपाललाई नियुक्त गर्नुभएकाे हाे । सबैको साथबाट लायन वर्ष २०१९/२० लाई उत्कृष्ट बनाउने लम्सालले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

Facebook Comments