विवेकशील साझा अबदेखि साझा विवेकशील

विवेकशील साझा पार्टीले नाम परिवर्तन गर्ने निर्णय गरेको छ। रवीन्द्र मिश्र नेतृत्वको उक्त पार्टीकाे नाम साझा विवेकशील रहने भएकाे छ ।

उज्वल थापा नेतृत्वको पार्टीले पनि नाम विवेकशील राखेको हुँदा अन्यौल र भ्रम रहेकोले नाम बदलेर मिश्र नेतृत्वको पार्टीले साझा विवेकशील पार्टी नाम राखेको पार्टी प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभएकाे छ ।

उक्त पार्टीकाे केन्द्रीय समितिकाे बैठकले ३ महिने देश दौडाह, युवालाई नेतृत्वमा ४० प्रतिशत युवालाइ आरक्षण, विदेशमा रहेका नेपालीलाई मतदानसहित अन्य अधिकार, “दिनको एक कप चिया कम खाउँ, बचेको रकम साझालाई सहयोग गरौँ” भन्ने निर्णय गरेकाे छ ।

संयोजक मिश्रको अध्यक्षतामा वैशाख ११, १२ र १३ गते बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आउँदा दिनमा भ्रष्टाचार विरोधी अभियान केन्द्रीत गर्ने निर्णय पनि गरेको छ। साथै पार्टीमा युवालाई ४० प्रतिशत स्थान आरक्षण दिने निर्णय भएकाे बताइएकाे छ ।

Facebook Comments