प्रेस स्वतन्त्रा कुण्ठित नहुने कानुन निर्माण हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले प्नेस स्वतन्त्रता हनन हुन नदिने बताउनुभएकाे छ । उहाँले पत्रकार महासंङ्घसँगकाे विगतकाे सहकार्यले नै नेपालकाे राजनीतिक परिवर्तनमा महत्वपूर्ण रहेकाे बताउनुभयाे ।

नेपालकाे राजनीतिक परिवर्तनका लागि सञ्चार जगतकाे महत्वपूर्ण भूमिका रहेकाे बताउनुभयाे । उहाँले राजनीतिमा आफु अहिलेको ठाउँसम्म आउनुमा समेत सञ्चार जगतकाे भूमिका रहेको स्मरण गर्नुभयाे ।

नेपाल पत्रकार महासंघको केन्द्रीय टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले प्रेसले विगत माओवादी युद्धका क्रममा आफूहरुले उठाएका एजेण्डाहरुलाई जनताका बीचमा पुर्याउने काममा सकारात्मक सहयोग गरेका कारणा शान्ति शान्ति सम्झौता सम्भव भएकाे बताउनुभयाे ।

हामीले संविधानसभा, गणतन्त्र, समानुपातिक समावेशीता, धर्मनिरपेक्षताको मुद्दामा सञ्चार जगतले सहयाेग पुर्याएकाे उहाँकाे भनाइ थियाे । पत्रकार महासंघले शुरुदेखि हाम्रो एजेण्डा, हामीले उठाएका विषयमा सकारात्मक बनिदियो । पत्रकार महासंघको पदाधिकारीसँगको लगातार हुने गरेको अन्तर्क्रिया र छलफलले पनि हामीलाई राम्रै गरेको थियो ।’ नेपाल पत्रकार महासंघको टोलीले बुझाएको १६ बुँदे ध्यानाकर्षषपत्र बुझ्दै अध्यक्ष प्रचण्डले भन्नुभयो । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा सरकार र आफनो पार्टी प्रतिवद्द रहेको छ ।

संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रता कुण्ठित नहुने भन्दै प्रचण्डले प्रेस स्वतन्त्रा कुण्ठिन नहुने गरी कानुन निर्माणमा आफनो भूमिका रहने बताउनुभयो । उहाँले अहिले सरकारमा जेलनेल भोगेका र सवै हन्डर ठक्कर खाएकाहरुकै सरकार भएकोले प्रेसको पक्षमा सरकार सकारात्मक रहने पनि विश्वास दिलाउनुभयो ।

‘पत्रकार महासंघको तर्फवाट तपाईहरुले उठाउनु भएको कुरा जायज छ ।’ अध्यक्ष प्रचण्डले भन्नभयो, ‘यो विषयमा पार्टी र सरकारमा छलफल हुन्छ । म पनि प्रधानमन्त्रीलाई यसबारे ध्यानाकर्षण गराउँछु ।

Facebook Comments