ज्येष्ठ नागरिकको भत्ता ५ बर्षभित्र ५ हजार हुन्छ : रक्षामन्त्री पोखरेल

सरकारले सामाजिक सुरक्षा भत्ताबारे पुनर्विचार गर्ने बताइरहेका बेला सरकारकै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने सामाजिक सुरक्षा भत्ता बृद्धि हुने बताउनुभएको छ । आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोममा मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।

उहाँले आगामि आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने बताउनुभएको हो । यसअघि नेकपाले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार ५ बर्षभित्रमा ज्येष्ठ नागरिकलाई दिने भत्ता ५ हजार पुर्याइने मन्त्री पोखरेलेको भनाई छ ।

वर्तमान सरकारले ’सम्बृद्ध नेपाल र सुखी नेपाली’ को अभियान अनुरुप आधार तयार पारेको बताउँदै मन्त्री पोखरेलले ५ बर्षभित्र मुलुकलाई समृद्ध बनाउने जिकीर गर्नुभयो । उहाँले सरकारले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर समृद्धिको यात्रा सफल पार्ने बताउनुभयो ।

Facebook Comments