मुक्तिनाथ विकास वैंकको जीवन बरदान योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ जीवन बरदान योजना’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।

यस योजना अन्तर्गत ग्राहकले रु १०,००० न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् । साथै, रु २०,००० न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा )प्राप्तगर्न सक्नेछन् ।

यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिजा डेविट कार्ड, देशैभरी भिजा नेटवर्क अन्तर्गत रहेका करिब ३००० एटिएम बाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने बैंकले जनाएको छ ।

यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरीरु ५०० ÷– बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ । यो सेवा भने हाल काठमाण्डौ, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुने बताइएको छ ।

Facebook Comments