काँग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाली काँग्रेस दृढ रहेकाे बताउनुभएकाे छ । नेपाल पत्रकार महासंङ्घकाे ज्ञापनपत्र बुझ्दै देउवाले पार्टीका स्वतन्त्र प्रेसकाे पक्षमा रहेकाे बताउनुभयाे ।

सरकारले पछिल्लो समय प्रेसमाथि अंकुश लगाउने काम गरेको भन्दै महासंघले राजनीतिक पार्टीका प्रमुखलाइ ज्ञापनपत्र बुझाएको हाे ।

ज्ञापनपत्र बुझ्दै काँग्रेस सभापति देउवाले पछिल्लो समय सरकारले प्रेसमाथि अंकुश लगाएकाे अाराेप लगाउनुभयाे । सभापति देउवाले प्रेस स्वतन्त्रतालाई अक्षुंण राख्न सरोकार पक्षहरुसंग सहकार्य गर्ने भन्दै अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाे उल्लेख गर्नुभयाे ।

महासंघले बुझाएको ज्ञापनपत्रमा समाचार लेखेकै आधारमा पत्रकारलाई राज्यविरुद्धको मुद्दा लगाएर जेल हाल्ने जस्ता कार्यले संविधानले सुनिश्चत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता चुनौतीपूर्ण भएको उल्लेख छ ।

Facebook Comments