पोखरा–१ मा न्युजबाबु अधिकारीको १३ सदस्यी बालमञ्च गठन

पोखरा महानगरपालिका वडा नं १ मा बाल भेलाभएको छ । बालभेलाले न्युजबाबु अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडा बालमञ्च गठन गरेको छ ।

जसको उपाध्यक्षमा पुष्पराज पौडेल, सचिवमा सुचित्रा गौतम, सह सचिव माप्रिया गुरुङ, कोषाध्यक्ष समृद्धी पोख्रेल, सदस्यहरु मानिशा लामिछाने, सविना पुरी, प्रकास श्रेष्ठ, अमिस तिवारी, विजय परियार र बाँकी तिनजना पछि मनोनित गरिनेछ । उक्त अवसरमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण गरिएको थियो ।

बालअधिकार, बालमैत्री विद्यालय, बालक्लब तथा बालमञ्च, वडामा रहेका बालबालिकाहरुको समस्याबारे अभिमुखीकरण एवं कार्ययोजना तयार पारिएको थियो । बाबा फाउण्डेशन नेपालको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा भएको अभिभुखीकरण कार्यक्रममा भक्तराज रसाइली र दिपक बि.क.ले सहजीकरणमा कार्यक्रम गरिएको हो ।

Facebook Comments