इन्डोनेसियामा मतगणनाका अबधिमा मृत्यु भएका कर्मचारीका परिवारलाई क्षतिपुर्ति दिइने

इन्डोनेसियामा मतगणनाका अबधिमा २७० जना कर्मचारीहरुको मृत्यु भएको छ । इन्डोनेशियामा भएको मतदानको दशौ लाख बुथको मत गन्दा झण्डै १९ सय कर्मचारी बिरामी परेका त्यहाँको निर्वाचन आयोगले जनाएको छ । आयोगले मृत्यु भएका कर्मचारीको परिवारलाई २५ सय अमेरिकी डलर क्षतिपुर्ति रकम दिने बताइएको छ ।

मतगणना तथा पर्यवेक्षणमा ७० लाख कर्मचारी परिचालन भएको निर्वाचन आयोगले जनाएको छ । इन्डोनेसियाका निर्वाचन आयोगका प्रवक्ता एरिफ प्रियोका अनुसार अत्याधिक गर्मीमा धेरै काम गर्नुपरेकाले कर्मचारीमा स्वास्थ्य समस्या देखिएको र सोही कारण मृत्यु भएको हो ।

विविसीले कर्मचारीले रातदिन काम गर्नुपरेकाले स्वास्थ्य समस्या आएको र मृत्यु समेत हुन पुगेको निर्वाचन आयोगलाई उदृत गर्दै उल्लेख गरेको छ । इन्डोनेसियामा गत अप्रिल ११ गते चुनाब भएको थियो । इन्डोनेसियामा ८ लाख मतदान केन्द्रमा झण्डै १९ करोड ३० लाख मतदाताले मतदान गरेका थिए ।

Facebook Comments