पोखरा ६ मा आत्मरक्षा तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा एक महिने निशुल्क आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले यस्ता तालिमले समाजमा किशोरीमाथी भइरहेको घटनालाई रोक्न मद्दत पु¥याउने बताउनुभयो । यस्ता तालिम प्रदेशका हरेक टोलमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

निःशुल्क तालिममा झण्डै ८० को हाराहारीमा सहभागी बनेकोे प्रशिक्षक प्रितम कुँवरले बताउनुभयो । पोखराको ताल बाराही मावी, पार्दी मावी र श्रीकृष्ण मावीका विद्यार्थीलाई निःशुल्क तालिम दिइएको हो । सरकारी स्कुललाई लक्षित तालिम थियो । पाँचौ पटकसम्म निःशुल्क तालिम दिएको भएपनि यसपाली पोखरा महानगरपालिका वडा नं. ६ ले सहयोग गरेको प्रशिक्षक कुँवरले जानकारी दिनुभयो । ।

पोखरा महानगरपालिका वडा नं. ६ की वडा सदस्य पुष्पा पहारीले वडाको सहयोगमा छात्राहरुको लागि आत्मरक्षा तालिम आयोजना गरेको उल्लेख गर्नुभयो । ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो’ पहारीकोे भनाइ थियो । तालिममा सहभागीहरुले तालिमबाट आत्मरक्षा गर्ने सिप हाँसिल भएको बताएका छन् ।

Facebook Comments