सरकार कुहिरोमा हराएको कागजस्तै : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान सरकारलाइ कुहिरोमा हराएको कागको संज्ञा दिनुभएको छ । संघीय संसद प्रतिनिधिसभाको चौंथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्रीमा शक्ति केन्द्रित गर्ने कार्यको पनि उहाँले विरोध गर्नुभयो । सेना परिचालन, ठूलो विकास योजना प्रधानमन्त्री मातहत ल्याउने, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने कार्यको उहाँले विरोध गर्नुभएको हो ।

संवैधानिक मुल्य र मानयता विपरित संवैधानिक परिषद्को निर्णय भएकामा समेत देउवाले आपत्ति व्यक्त गर्नुपर्दछ । शान्ति र सहमति तथा सहकार्यबाट विकास र समृद्धि सम्भव हुने उहाँको भनाई थियो ।

न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन, संविधानले यही मान्यतालाई स्थापित गरेको उहाँको भनाई थियो । मुलुकमा निराशा व्याप्त रहेको र यसप्रति प्रधानमन्त्री संवेदनशील हुन देउवाको सुझाव थियो ।

Facebook Comments