पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा

भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइनको अन्तिम चरणमा पुगेको छ । पाइपलाइन निर्माणको काम अबको एक महिनामा सकिने भएको हो । नेपालको वीरगन्ज–अमलेखगन्ज खण्डमा अब चार किलोमिटर मात्र पाइप बिच्छ्याउन बाँकी रहेकोे मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाले जानकारी दिएको छ ।

पाइपलाइन विछ्याउन पथलैयादेखि अमलेखगञ्ज खण्डमा छ हजार नौ सय ५३ रूख काटिएको छ । अब रूख पन्छाएर पाइप विच्छ्याउन मात्रै बाँकी छ । परियोजना प्रमुख प्रदीप कुमार यादवका अनुसार असारबाट पाइप लाइन सञ्चालनमा आउने आउनेछ । मोतिहारी–रक्सौल खण्डमा भने यसअघि नै पाईपलाइन निर्माण सम्पन्न भई परीक्षणसमेत भइसकेको छ ।

Facebook Comments