समृद्धि गाउँबाट : मन्त्री अर्याल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नेपालमा समृद्धिको सुरुवात गाउँबाट हुने बताउनु भएको छ । स्याङजाको स्वरेकमा अवस्थित टापुभञ्ज्याङ राष्ट्रिय माविमा आयोजित श्रीमद्भागबत धनधान्ञ्चल महायज्ञमा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताउनु भएको हो ।

मन्त्री अर्यालले गाउँ गाउँबाट समृद्धिको अभियान सुरु हुने बताउनु भयो । उत्पादनमा जोडदिदै उहाँले गाउँको माटो सुहाउदो शिक्षा दिन सके शिक्षित युवाहरुको बेरोजगार हुन नपर्ने बताउनु भयो । प्राविधिक शिक्षामा सरकारको ध्यान गएको भन्दै गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको लागि स्वरेक नमुना बन्न सक्ने उहाँको भनाई थियो । प्राविधिक बिषय सञ्चालन गर्न तत्ताकाल चुनौती भएपनि कक्षा ९, १० मै प्राविधिक शिक्षा समेट्न सके सहज हुने बताउनुभयो ।

गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेश सरकारले प्राविधि शिक्षामा चासो राखेको भन्दै यस विद्यालयलाईपनि सक्दो सहयोग गर्ने बताउनु भयो । अहिले आबश्यकता प्राविधि शिक्षा भएको भन्दै रेग्मीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले अहिले निशुल्क शिक्षा भन्दा पनि गुणस्तरीय शिक्षा आबश्यक रहेकोले गुणस्तरीयश शिक्षाको लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी स्याङजाका अध्यक्ष सुरज गैरे(पारस) संकल्पकर्ता धु्रवशरण बस्याल, विद्यायल ब्यबस्थापन समितिका पुर्व अध्यक्ष यमलाल शर्मा पंगेनी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । महायज्ञको पहिलो दिनमै २०लाख रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक कमल पंगेनीले जानकारी दिनुभयो । माहायज्ञ शुरुवातको दिन सयौको सख्यामा कलश यात्रामा भक्तजनहरुको सहभागीता रहेको थियो । महायज्ञ २२ गते सम्म सञ्चालन हुनेछ ।

Facebook Comments