स्वरेकमा जारी महायज्ञमा गोपाल पंगेनीद्वारा ११ लाख बढिकाे सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा रहेको राष्ट्रिय टापु भञ्ज्याङ माविमा श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ जारी रहेको छ । बैशाख १५ देखि शुरु भएको माहायज्ञमा सहयोग आउनेक्रम जारी रहेको छ ।

सो क्रममा साविक स्वरेक गा.वि.स. वडा नं ३ मा जन्म भई हाल टोखा नगरपालिका वडा नं ५, काठमाडौ निवासी शान्तीरमण पंगेनी(गोपाल)ले १० लाख र उहाँकी आमा उमादेवीले १ लाख ११ हजार १ सय ११ गरी११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ । सफल व्यवसायीको रुपमा परिचित पंगेनीले आफ्नो जन्मभुमिा प्राविधिक शिक्षा सञ्चालनको लागि शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो ।

२०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन हुदै आएको छ । वालिङ नगरपालिका वडानं ११ स्वरेक टापुमा रहेको विद्यालयमा प्राविधिक शिक्षा सञ्चालानार्थ १५ देखि शुरु भको महायज्ञ २२ गते सम्म सञ्चालन हुने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका संयोजक कमल पंगेनीले जानकारी दिनुभयो ।

सो विद्यालयमा हाल २ सय विद्यार्थी अध्ययनरत रहेका छन् । जस्मा ८५ प्रतिशत दलित विद्यार्थीहरु रहेका छन् पंण्डीत ऋृषिकेश पोखरेलले कथा बाचन गर्नुभएको महायज्ञबाट २ करोड उठाउने लक्ष्य रहेको बताइएको छ ।

Facebook Comments