मन्त्री अर्यालद्वारा केसी परिवारमा समवेदना व्यक्त

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केसी परिवारलाई घरमै पुगेर सान्तवना दिनुभएको छ । स्याङजाको भीरकोट नगरपालिका वडानं ३ बानेथोकका पुराना कम्युनिष्ट नेता चित्र बहादुर केसीको निधन भएको १३ औ दिनमा उहाँकै घरमा पुगेर परिवार संग भेटेर समवेदना प्रकट गर्नुभएको हो ।

केसीको ८९ बर्षको उमेर साविकको बानेथोक देउराली वडानं ५ मा निधन भएको थियो । उहाँले दिंवगत केसीले परिवार सहित बानेथोक देउरालीमा कम्युनिष्ट पार्टी र आन्दोलनलाई बलियो बनाएको स्मरण गर्नुभयो । केसीको घरमा नेकपा स्याङजाले ९औ दिनमा शोक सभाको समेत आयोजना गरेको थियो ।

नेकपाका युवा नेता सन्तोष केसीले वुवा प्रति श्रदाञ्जली र परिवारमा समवदेना प्रकट गर्नुहुने मन्त्री सांसद नेपाल कम्युनिष्ट पार्टी नेकपा ,अन्य पार्टी र शुभचिन्तक आफन्त सवै प्रति आभार प्रकट गर्नुभयो । दुखद क्षणमा पनि सवैको साथ र सहयोग मिलेको भन्दै केसीले वुवाले देखेको सपना पुरा गर्न पार्टीमा अझै बढि लाग्ने बताउनुभयो ।

Facebook Comments