पोखरा नयाँबजारका सुर्य पाण्डेको हत्याको अनुसन्धान शुरु

पोखरा महानगरपालिका नयाँबजार बस्ने सूर्य पाण्डेको हत्या भएको ४ वर्षपछि मात्र जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ । यसअघि दिवंगत पाण्डेकी आमा बिष्णुकुमारी पाण्डेले पटक पटक दोषीलाई कार्वाहीको माग गर्दै प्रहरी गुहारेपनि अनुसन्धान भएको थिएन । शुक्रबार मानवअधिकारवादीको सहयोगमा मृतककी आमाले किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै ३ जनालाई पक्राउ गरेको छ ।

यसैवीच ४ वर्षअघि पोखरा ९ नयाँबजार तुलसीघाटमा मृत अवस्थामा फेला परेका पाण्डेको हत्या आरोपमा पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ र उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र ध्रवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । आइतबार पक्राउ परेका उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।

Facebook Comments