नीति तथा कार्यक्रम राम्रो ‘निबन्ध’ : नेता भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराईले सरकाले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष ०७६ ७७ को नीति तथा कार्यक्रमलाई राम्रो लेखकको ‘निबन्ध’ को संज्ञा दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराईले नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधुर रहेको समेत उल्लेख गनुृभएको छ । सपनाहरु सुन्दर भएपनि तिनलाई विपनामा उर्ताने कार्यक्रम नरहेको उहाँको जिकीर रहेको छ । उहाँले लख्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधूर छ, राम्रो लेखकको निबन्ध जस्तो सलल बगेको छ, बाँडिएका सपनाहरू सुन्दर छन, तर तिनलाई विपनामा परिणत गर्ने कार्यक्रम छैन वा फितलो छ !निरन्तरताका कुरा छन् तर संरचनात्मक परिवर्तनका ठोस आधार छैनन । त्यसैले सबै हात्ती आयो फुस्सा हुनसक्छ । नहोस ।’

Facebook Comments