पार्टी नेतृत्वप्रति नयाँ शक्तिका नेता पराजुलीको असन्तुष्टी

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता गर्ने सहमतिप्रति नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पराजुलीले असन्तुष्टी व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा नेता पराजुलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाउने सबैलाई कुराउने तर निर्णय भने २ ४ जना बसेर गर्ने भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको हो ।

उहाँले सामाजिक सञ्जालमा फेसवुकमा दुई पार्टीवीच सहमति हुने भन्ने विज्ञप्ति सहित नेता पराजुलीले असन्तुष्टी जनाउनुभएको छ । उहाँले नेतृत्वको अलोकतान्त्रिक सोच र शैली बदल्न समेत सुझाव दिनुभएको छ ।

Facebook Comments