अमेरिकामा विमान रनवे बाट चिप्लिएर नदीमा खस्याे

अमेरिकाको फ्लोरिडा राज्यमा एक विमान नदीमा खसेको छ । चालक दलकासहित १ सय ४३ जना बोकेको विमान अवतरण गर्ने क्रममा रनवे बाट चिप्लिएर नदीमा खसेको हो । चार्टर गरिएकाे मियामी एअर इन्टरनेशनलकाे विमान दुर्घटनामा परेकाे हाे ।

क्युवाको ग्वान्टानामो बे बाट ज्याक्सनभिल आउँदै गरेको विमान दुर्घटनामा परेको बिबिसीले जनाएकाे छ । नदीमा पानी कम भएका कारण विमान डुब्न नपाएको र विमानमा रहेका सबै यात्रु सकुशल रहेको बताइएकाे छ । विमानमा रहेका सबैकाे उद्दार गरिएकाे छ । २० जना सामान्य घाइतेलाई अस्पताल लगिएको छ ।

एक यात्रुका अनुसार विमान अवतरण गर्ने क्रममा रनवेमा ठोक्किएर त्यहाँबाट बाउन्स भएर नदीमा खसेकाे र पाइलटले पूर्णरुपमा विमान नियन्त्रणमा लिन नसक्न्दा दुर्घटना भएकाे हाे । मौसम खराब भएको र तिब्र गतिले हावाहुरी चलिरहेकाले विमानले नियन्त्रण गुमाएको हुनसक्ने अनुमान गरिएको छ ।

Facebook Comments