मेरो सरकार प्रति नेकपा सांसद नै असन्तुष्ट

सत्तारुढ नेकपा संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको ‘मेरो सरकार’ भन्ने शब्दका विषयमा छलफल भएको छ । छलफलका क्रममा प्रधानमन्त्रीको प्रष्टीकरणप्रति सांसद रामकुमारी झाँक्रीले असन्तुष्टी जनाउनुभएको छ ।

उहाँले आफू संसारभरको प्रचलन भन्ने प्रष्टीकरणसँग सहमत नभएको भन्दै आफ्नो फरक मत सहित नीति तथा कार्यक्रममा भोट हाल्ने बताउनुभएको छ । संसदीय दलको बैठकपछि सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले हेड अफ स्टेटले मेरो सरकार भन्ने प्रचलन संसारभर छ भन्ने भनाईसँग सहमत हुन नसकिने उल्लेख गर्नुभएको छ ।

Facebook Comments