सरकारको नीति तथा कार्यक्रममा काँग्रेसको संशोधन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको छ । आज संसदीय दलको बैठक लगतै प्रमुख सचेतक बालकृष्ण खाड, सांसदहरु मिनेन्द्र रिजाल सहित २४ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

काँग्रेसको पहिलो संशोधन ‘मेरो सरकार’ मा छ । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गर्न गरेको संविधानका धाराहरु विपरित भएको भन्दै कांग्रेसले नेपाल सरकार भन्नुपर्ने भन्दै संशोधन हालेको छ ।

प्रदेश र स्थानीय सरकारको क्षेत्रात्रिकार माथि हस्तक्षेप गरी संघीयता कमजोर बनाउने, लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत संरचना कमजोर पार्ने कार्यक्रमहरु हटाउनु पर्ने उसको संशोधन छ । नीतिगत प्रष्टतासहित सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न सक्ने कार्यक्रमगत प्रष्टता नभएको संशोधनमा उल्लेख छ ।

Facebook Comments