पालिखेचोकमा विजुली र टेलिफोनका तार सडकमा

पोखराको पालिखेचोकमा सवारी आवागमन असहज भएको छ । विजुली तथा टेलिफोनका तार हावाहुरीले सडकमा छरिएका कारण सवारी आवागमन असहज भएको हो । शनिबार रातीदेखि नै सडक अवरुद्ध बनेको हो ।

आइतबार विहान सवारी आवागमनमा समस्या भएपछि पत्रकार राजबहादुर गुरुङले सामाजिक सञ्जालमा समन्वय गरेर समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत् सुझाव दिंदै उहाँले कार्यालय समय शुरु हुनुभन्दा अगावै समस्या समाधान गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ ।

तस्विरः राजबहादुर गुरुङ फेसबुक

Facebook Comments