विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउने नेकपा प्रदेस संसदीय दलको निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रदेश १ को स्थायी राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । प्रदेशसभामा २ तिहाई रहेको नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका नेकपाका नेता हिक्मत कार्कीले राजधानी विराटनगर रहने कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । यसअघि प्रदेश मुख्यमन्त्रीको कार्यालय धनकुटामा राख्ने निर्णय गरेको थियो । यद्यपि प्रशासनिक संरचना विकेन्द्रित गर्ने निर्णयमा भने नेताहरु विभाजित भएका छन् । कतिपयले प्रदेशका संरचना अलग अलग ठाउँमा राख्दा नागरिकलाई सेवा प्रवाहमा असहज हुने बताएका छन् ।

Facebook Comments