संवैधानिक निकायमा सरकारको हस्तक्षेप : सभापति देउवा

संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको काम गर्ने शैलीबाट जनताले ठगिएको महसुस गरेका बताउनुभयो ।

सभापति देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएका कार्यक्रमलाई समेत अहिलेको सरकारले आफूले ल्याएझैँ गरी प्रचार गरिरहेको आरोप लगाउनुभयो । सभापति देउवाले प्रधानमन्त्री रोजगार कार्यक्रम आफूले ल्याएको दाबी गर्नुभयो ।

उहाँले महँगी र भ्रष्टाचार बढेको आरोप लगाउदै संवैधानिक निकायमा सरकारबाट व्यापक हस्तक्षेप र अधिकार कटौती गरिएको दाबी पनि गर्नुभयो ।

यस्तै काँग्रेस नेता मीनेन्द्र रिजालले नीति तथा कार्यक्रममा प्रयोग भएको मेरो सरकार भन्ने शब्दावलीले शाहीकालिन झल्को दिएको भन्दै सच्याउन आग्रह गर्नुभयो । राजपा नेता राजेन्द्र महतो तथा लक्ष्मणलाल कर्णले सरकारले आफूहरुको माग र आन्दोलनलाइ नजरअन्दाज गरेको भन्दै आपति जनाउनुभयो । कृषि, उद्योग, रोजगारीको बिषयलाइ सरकारले केन्द्रमा नराखेको राजपा नेताहरुको भनाइ थियो ।

नेकपाका सांसद अग्नि सापकोटाले सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यन्तै राम्रो भएको तर कार्यान्वयनमा भने चुनौति रहेको बताउनुभयो । अन्य सांसदहरुले पनि सरकारले पछाडी परेका, कृषक तथा मजदुरहरुलाइ केन्द्रमा राखेर बजेट ल्याउन नसकेको भन्दै सच्चयाउन माग गरेका छन् । नीति तथा कार्यक्रम माथीको छलफल अहिले पनि जारी छ ।

Facebook Comments