गण्डकी प्रदेशमा सांसदको भत्ता बृद्धि

गण्डकी प्रदेश सरकारले सांसदहरुले पाउने सुविधा बृद्धि गरेको छ । प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गर्दै सांसदहरुको दैनिक बैठक भत्ता ७ सय ५० रुपैयाँबाट १ हजार रुपैयाँ पुर्याएको होे । यसअघि यातायात सुविधा बापत सांसदहरुले ७ सय ५० रुपैयाँ प्रति बैठक बुझ्दै आएका थिए ।

मन्त्री परिषदले प्रदेशको राजधानी पोखरामा घर हुने सांसदहरुलाई पनि मर्मत खर्च भनेर सुविधा दिने भएको छ । घर नहुने सांसादहरुले प्रतिमहिना १५ हजार रुपैयाँ घरभाडा सुविधा लिने गरेका छन् । प्रदेश राजधानी पोखरामा घर हुने सांसदले पनि अव मर्मत खर्च भनेर मासिक ७ हजार ५ सय रुपैयाँ पाउने भएका हुन । उसबाट कास्कीबाट निर्वाचित १३ सांसदले यो सुविधा उपयोग गर्न पाउनेछन् ।

यसका साथै प्रदेश सरकारले दलका सचेतकलाई सवारी सुविधाबापत सवारी नपाउञ्जेलसम्मको मासिक १० हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय गरेको छ । समितिका सभापतिहरुलाई सवारी सुविधा उपलब्ध गराइएको छ भने दलका प्रमुख सचेतकले संसद सचिवालयका गाडी प्रयोग गर्दै आएका छन् ।

सवारी नपाउन्जेलसम्म पनि उक्त सुविधा नलिएका सचेतकहरुलाई सुविधा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो । सबै दलका सचेतकहरुले हालसम्म सवारी सुविधा नपाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Facebook Comments