फानी आँधीका कारण बंगलादेशमा १ हजार घरमा क्षति

बंगलादेशमा सामुन्द्रिक आँधी फानीले १ हजारभन्दा बढी घरमा क्षति पुर्याएको छ । आँधीका कारण ५ जनाको मृत्यु भएको छ भने ५ दर्जन बढी घाइते भएका छन् । लाखौंलाई सुरक्षित स्थानमा सारिएकाले ठूलो क्षति टरेको बंगलादेशको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

फानी आँधी भारतको उत्तरपूर्वी क्षेत्र हुँदै बंगालदेश प्रवेश गरेको थियो । भारतमा पनि यस आँधीका कारण १६ जनाको मृत्यु भएको बिबिसीले जनाएकाे छ । भारतमा आँधी आउनु पूर्व नै ८ लाख बढीलाई सुरक्षित स्थानमा सारिएको थियो ।

Facebook Comments