पत्रकार शर्मा नेजा पुरस्कारबाट सम्मानित

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गर्दै आएको यस वर्षको नेजा सामुदायिक पत्रकारिता पुरस्कार शिव शर्मालाई प्रदान गरिएको छ । नेजाको अमेरिकामा सम्पन्न १३ आंै साधारण सभा अवसरमा अग्रज पत्रकार किशोर नेपालले शर्मालाई पुरस्कार प्रदान गर्नुभएको हो । पुरस्कारको राशी एक हजार एक सय ११ डलर र प्रमाणपत्र रहेको छ ।

शर्माले लेखेको ‘अमेरिकाको ग्यास स्टोरमा जोखिम ः बन्दुकको निशानामा नेपाली’ शीर्षकको फिचर समाचारले सर्वोत्कृष्ट हुँदै पुरस्कार जितेको हो । किरण मरहठ्ठा, होम लम्साल र ज्योति देवकोटाले छनौट समितिले शर्माको समाचारलाई उत्कृष्ट ठह¥याएको जनाइएको छ ।

Facebook Comments