मुलुकमा स्थायित्व छैनः काँग्रेस नेता खड्का

नेपाली काँग्रेसका नेता नारायण खड्काले मुलुकमा स्थायित्वको अवस्था नरहेको बताउनुभएको छ । स्थायित्व हाँसिल हुन राजनीतिक, आर्थिक परराष्ट्र, धार्मिक साँस्कृतिक र वातावरण पक्षमा सन्तुलन हुन आवश्यक हुने उहाँको भनाई थियो । उहाँले नीति तथा कार्यक्रममा राजनीतिक स्थायित्वले मात्र मुलुकमा स्थायित्व कायम नहुने उहाँको भनाई थियो ।

कृषिप्रधान देशमा ठूलो मात्रामा खाद्यान्न आयात हुने गरेको भन्दै त्यसलाई रोक्ने खालका नीति तथा कार्यक्रम र बजेट तय हुनुपर्ने नेता खड्काको भनाई थियो । संघीय संसदमा आर्थिक बर्ष २०७५७६ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं उहाँले यस्तो बताउनुभएको हो । खड्काले भ्रष्टाचार न्युनीनकरण गर्न सरकार असफल भएको बताउनुभयो ।

Facebook Comments