समाजवादी पार्टी, नेपालको घोषणा

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल पार्टीबीच एकता भई समाजवादी पार्टी, नेपाल घोषणा गरिएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीवीच पार्टी एकीकरण गरी समाजवादी पार्टीको घोषणा गरिएको हो ।

गत शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा दुई पार्टीका शीर्ष नेताहरुवीच भएको बैठकमा समाजवादी पार्टी नेपाल घोषणा गर्ने सहमति भएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहका वीच समाजवादी पार्टी नेपालको घोषणा गरिएको हो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)वीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा जस्तै नयाँ बन्ने समाजवादी पार्टीमा पनि भट्टराई र यादव दुवै अध्यक्ष हुने सहमति भएको छ ।

सहमति अनुसार संघीय परिषदको अध्यक्षता भट्टराईले गर्ने र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने तय भएको छ । त्यस्तै पार्टी्भित्र बरियताक्रममा बाबुराम पहिलो र त्यसपछि उपेन्द्र रहने पनि निश्चित भएको छ । संघीय संसदमा नयाँ शक्तिबाट १ जना र फोरमबाट १६ जना सांसद रहेका छन् ।

Facebook Comments