भारतमा लोकसभाअन्तर्गत पाँचौ चरणको मतदान

भारतको लोकसभा चुनाव अन्तर्गत आइतबार पाँचौ चरणको मतदान भईरहेको छ । ७ राज्यको ५१ सिटका लागि आज बिहानबाटै मतदान जारी छ । ५१ सिटका लागि ६ सय ७४ जनाले उम्मेदवारी दिएका छन् । भारत चुनाव आयोगले पाँचौ चरणको चुनावको लागि ९४ हजार मतदान केन्द्र निर्धारण गरेको छ ।

सबैभन्दा छोटो मानिएको यस चरणको चुनावमा मात्र ८ करोड ७५ लाख मतदाताले मतदान गर्नेछन् । चुनावका लागि मतदान केन्द्र सहित मतदान भइरहेको उत्तर प्रदेश, पश्चिम बंगाल सहितका राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Facebook Comments