रोजगारी सिर्जना गरौं, मुलुकको प्रगति हुन्छः सांसद गिरी

नेपाली काँग्रेसको नेता प्रदिप गिरीले सत्ता पक्ष र विपक्षीको सम्बन्ध इतिहासमै नराम्रो रहेको बताउनुभएको छ । विपक्षी दलका नेता र प्रधानमन्त्रीवीच संवादहिनताको अवस्था रहेको उहाँको भनाई छ । प्रत्येक दिन १ कदम त चाल्ने भन्ने नीति तथा कार्यक्रममा उल्लेख भएको वाक्य राम्रो छ । तर यो कदम वा पाइला दलालोवाद उन्मुख यात्रा हो कि समाजोवाद उन्मुख कदम हो ? गिरीले प्रश्न गर्नुभयो ।

नीति तथा कार्यक्रममा पानी जहाज जनताको चाहना भनिए पनि त्यो प्रधानमन्त्रीको मात्र चाहना भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले नेपाल एअरलाइन्सलाई प्रभावकारी बनाउने बारे सोच्न सुझाव दिनुभयो । भएको एअरलाइन्सलाई व्यवस्थित नबनाउने तर पानीजहाजको कुरा जोडतोडका साथ उठाउने यो त्यति राम्रो भएको गिरीको भनाई थियो । साथै उहाँले विदेशी ऋणले मुलुकको विकास नहुने बताउनुभयो ।

नेत गिरीले अहिले सरकारले अवलम्बन गरेको नीतिले विकास नहुने भन्दै अल्टरनेटिभ डेभलेपमन्टको बारेमा सोच्न सुझाव दिनुभयो । रोजगारको सिर्जना गर्ने कार्य शुरु गरेमा मुलुकको प्रगति हुने दावी गिरीले गर्नुभयो । विदेशिएका युवालाई स्वदेशमा बोलाई काममा लगाउने वातावरण बनाएमा वर्तमान सरकार मुलुकभित्र मात्र नभई विदेशमा समेत लोकप्रिय हुने उहाँको भनाई थियो ।

Facebook Comments