नीति तथा कार्यक्रम माथिको छलफल जारी

संघिय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ । नीति तथा कार्यक्रमको छलफलमा भाग लिने सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रमको समर्थन गर्दै आफ्नो भनाई राखेका छन् ।

प्रतिपक्षी दलका साँसदहरुले भने नीति तथा कार्यक्रमले मुलुकको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । विपक्षी दलका साँसदले रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम तय गर्नुपर्ने, विकासको वैकल्पिक नमुना अवलम्वन गर्न माग गरेका छन् । विपक्षी सांसदहरुले महँगी र भ्रष्टाचार बढेको बताएका छन् ।

सत्ता पक्षका सांसदले भने नीति तथा कार्यक्रमले जनताको जीवनस्तर र मुलुकको विकासमा भूमिका खेल्ने बताएका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यन्तै राम्रो भएकाले कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाई थियो ।

Facebook Comments