प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिः समाजवादी पार्टी, नेपाल

नवगठित समाजवादी पार्टी नेपालले संविधान संशोधन लागि जनसंघर्ष गर्ने भएको छ । साथै उक्त पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचनमा आधारित शासकीय प्रणाली अवलम्बन गर्ने जनाएको छ । सो पार्टीले संविधान संशोधन मार्फत् मुलुकको प्रगतिशील रुपान्तरण, दीगो विकास र समतामूलक समृद्धिको बाटोमा अगाडि बढ्ने नीति लिने बताएको छ ।

नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध संघीष गणतन्त्रात्मक राज्यव्यवस्थामा स्थापित गर्ने लक्ष सो पार्टीले राखेको छ । संघीय समाजवादको सिद्धान्त जसलाई नेपाली समाजको विशिष्ट स्थिति, जनताको चेतना र विचारधारात्मक तथा साँस्कृतिक स्तरको उन्नयनसँगै समननुत गर्दै लैजाने ध्येयका साथ सम्मुन्नत संघीय समाजवादलाई अगाडि सारिएको सो पार्टीको एकीकरण कार्यक्रममा सार्वजनिक गरिएको सहमतिका मुख्य अाधारमा उल्लेख छ ।

Facebook Comments