पोखरा महानगरलाई विदुर नगर मेयर कपको उपाधि

नुवाकोटको विदुर नगरपालिकाले आयोजनामा भएको विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितको छ । सोमबार भएको भएको फाइनल खेलमा पोखरा महानगरपालिकाले आयोजके विदुर नगरपालिकालाई २–० गोलले पराजित गरेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा पोखराका लागि विमल राना र दिपेश आलेले गोल गरेका थिए । शुरुआतदेखि नै खेल प्रतिस्पर्धात्मक बनेको खेलमा म्यान अफ दी म्याच विदुरका गोविन्द रिमालले नगद पाँच हजार पुरस्कार पाए ।

उपाधिसँगै पोखराले रु तीन लाख, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता विदुरले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी विदुर नगरपालिकाका महेन्द्र तामाङले नगद रु १५ हजार पुरस्कार पाए । उदीयमान खेलाडी पोखराका टिका गुरुङ र सर्वाधिक गोलकर्ता नुवाकोटका आशिष लामाले जनही १० हजार नगद पुरस्कार प्राप्त गरे ।

विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भएको प्रतियोगितामा दुई महानगरपालिका तथा ६ नगरपालिकाको टोलीले सहभागिता रहेको थियो ।

Facebook Comments