स्याङ्जाका स्थानीय तहमा नेकपाको नेतृत्व चयन, २८ गते सार्वजनिक गर्ने

नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले जिल्लाका स्थानीय तहका अध्यक्ष र सचिवको नामावली तयार गरेको छ । स्याङ्जामा ६ गाउँपालिका र ५ नगरपालिका गरी ११ स्थानीय तह रहेका छन् । आगामि बैशाख २८ अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्ने तयारी रहेको श्रोतले जनाएको छ ।

वैशाख २८ गतेको जिल्ला कमिटीको बैठकमा त्यसलाई सार्वजनिक गरिने नेकपाका एक स्थानीय नेताले जानकारी दिएका छन् । स्याङ्जामा ११ वटै स्थानीय तहमा नेतृत्व टुंगिएको हो । सबै स्थानीय तहमा जिल्ला नेतृत्वकै मोडेलमा अध्यक्ष र सचिवको टुंगो लागेको छ । अध्यक्ष पूर्व एमालेबाट भए सचिव पूर्व माओवादीका छन् भने पूर्व माओवादी अध्यक्ष भए सचिव पूर्व एमालेबाट छानिएको छ ।

Facebook Comments