ट्राफिक प्रहरीलाई रेनकोट सहयोग

गण्डकी प्रदेश प्रहरी श्रीमती संघले ट्राफिक प्रहरीलाई पोखरामा ५० वटा रेनकोट सहयोग गरेको छ । आज प्रहरी प्रदेश कार्यालयमा भएको एक कार्यक्रमका विच प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई २० थान र जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ३० थान रेनकोट हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख दानसिंह बोहोराले मेला महोत्सव र देउसी भैलोबाट बचेको रकमबाट ट्राफिक प्रहरीको मर्मलाई बुझेर सहयोग गरेको भन्दै गण्डकी प्रदेश प्रहरी श्रीमती संघ प्रति आभार प्रकट गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष कान्ता बोहोराको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रविना अर्यालले ट्राफिक प्रहरी कर्मचारी २४सै घण्टा सडकमा उभिएर सेवा दिनु पर्ने हुँदा रेनकोट अभावमा पानीमा भिज्नु नपरोस् भनेर सहयोग गरेको बताउनुभयो ।

Facebook Comments