नीति तथा कार्यक्रम पारित

नेपाल सरकारको आगामि आर्थिक बर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको बैठकबाट काँग्रेस सांसदको अवरोधका बावजुद पनि बहुमतका साथ नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावलाई भने बहुमतले अस्वीकृत गरेको थियो ।

यसअघि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको थियो । उहाँले नीति तथा कार्यक्रमको उत्कृष्ट रहेको दावी गर्दै सांसदहरुले छलफलका क्रममा उठाएका प्रश्नको जवाफ दिनुभएको हो ।

खासगरि प्रतिपक्षि दलका सांसदहरुले उठाएका प्रश्नहरुको विरुद्धमा पटक, पटक प्रश्न गर्दै जवाफ दिनुभएका प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द जानी, बुझी राखेको स्पष्टीकरण दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, भुलचुकले होइन । जानीबुझी राखिएको र आवश्यक शब्दावली हो ।

आधारभुत बिषय शिक्षा, स्वास्थ्य र गरिबि हटाउनमा केन्द्रीत नभएर सरकार रेल र पानी जहाजको पछाडी दौडिएको भन्दै विपक्षि सांसदहरुले बिरोध गरेका थिए । यसको जवाफ दिदै प्रधानमन्त्री ओलीले भन्नुभयो, नेपालीहरुले यस बर्ष नि भातै खाने लक्ष्य, अर्को बर्ष नि भातै खाने लक्ष्य मात्रै राख्ने होइन, गरिबि पनि हटाउने रेल, पानी जहाज नि चलाउने सरकारको योजना हो ।

पुर्व पश्चिम रेल मार्ग सपना नभइ यसलाइ छिटो सार्थक बनाउने प्रधानमन्त्रीले बताउनुभयो । सरकार देशलाइ सम्पन्न बनाउने बाटोमा लागेको र गरिबि हटाउने सन्र्दभमा महत्वपूर्ण काम गरेको दाबी गर्दै प्रधानमन्त्रीले यस बर्ष ४ प्रतिशत गरिबि हटेको दाबी गर्नुभयो । यस बर्ष २७ प्रतिशत बचत भएको भन्दै प्रधानमन्त्री शर्माले अर्थतन्त्र सवल हुने दिशामा गएको लक्षण देखिएको बताउनुभयो । आगामी आर्थिक बर्षभित्र मेलम्ची काठमाण्डौं आइपुग्ने दाबी पनि प्रधानमन्त्रीले गर्नुभयो ।

अस्ति देखि भएको नीति तथा कार्यक्रम माथीको छलफलमा सांसदहरुले सरकारले नीति तथा कार्यक्रमका नाममा नागरिकलाइ झुक्याइरहेको, खर्च घटाउनु भन्दा सरकार दीर्घकालिन खर्च बढाउने कार्यक्रम थप गर्नमा मात्रै लागेको आरोप लगाएका थिए । काँग्रेस सांसदहरुले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको आरोप लगाएका थिए, तर सत्ता समर्थित दलका सांसदहरुले भने नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गरेका थिए ।

प्रधानमन्त्रीको भाषाप्रति काँग्रेसको आपत्ति

सांसदले उठाएका प्रश्नहरुमा जवाफ दिएपछि पुनः सांसदले प्रश्न सोधका थिए । ती प्रश्नको जवाफ दिन रोष्टममा पुगेपछि प्रधानमन्त्रले आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी प्रश्नको जवाफ दिन्छु भनेपछि विपक्षी काँग्रेसका सांसद मिन विश्वकर्माले नियमापत्ति गर्नुभएको थियो र प्रधानमन्त्रीको भनाई रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।

प्रधानमन्त्रीले प्रश्नको मर्यादा कायम राख्नुपर्ने अपशव्द बोल्न पाईंदैन भन्दै काँग्रेस सांसदसँग सवालजवाफ गर्नुभएको थियो । सांसद विश्वकर्माको नियामापत्तीप्रति सभामुख कृष्णबहादुर महरलाले ध्यानाकर्षण भएको बर्तापनि काँग्रेसका अरु सांसदहरुले पनि आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

Facebook Comments