पोखरामा जाइरोकप्टर दुर्घटना

पोखरामा हेलिएयर कम्पनीको जाइरोकप्टर दुर्घटनामा परेको छ । मंगलबार २.४५ मा अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटना भएको हो । जाइरोकप्टरमा चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार रहेका थिए । दुर्घटनामा कुनै ठूलो क्षति नभएको बताइएको छ ।

पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार यात्रुको हातमा सानो चोट लागेको र चालकलाई केही पनि भएको छैन । तत्कालै उद्दार भएकाले मानवीय क्षति हुन नपाएको उहाँकोभ नाई छ । दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको जाइरोकप्टर २ बजेर १५ मिनेटमा दुर्घटनामा परेको हो । दुइटै पंखामा खराबी भएका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Facebook Comments