सरकारको नीति तथा कार्यक्रममा विरोध गर्नु प्रतिपक्षीको धर्मः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको विरोध गरेर प्रतिपक्षी भूमिका निर्वाह गरेको भन्दै नेपाली काँग्रेसलाई धन्यवाद दिनुभएके छ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिनुभयाे ।

सरकारले एक वर्षमा दुरगामी महत्व र विकासको नयाँ आधार खडा गर्ने काम गरेको उहाँले दाबी गर्नुभयो । प्रचण्डले, दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताउनुभयो । आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उहाँले फेरि पनि खतरा आउन सक्ने बताउनुभयो ।

राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको विश्लेषण गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको भन्दै उहाँले परिर्वतन सुदृढ हुँदै जाने बताउनुभयो ।

Facebook Comments