अस्ट्रेलियाली प्रधानमन्त्रीमाथि अण्डा प्रहार

अस्ट्रेलियामा आगामि मे १८ मा आम निर्वाचन हुँदैछ । यसैवीच आफ्नो चुनावी अभियानमा रहेका प्रधानमन्त्री स्कट मरिसनमाथि अण्डा प्रहार गरिएको छ । न्यु साउथ वेल्सको अबलरीमा चुनावी अभियानका क्रममास्थानीय महिलाहरूसँग कुरा गरिरहेका बेला प्रधानमन्त्री मरिसनमािथ अण्डाप्रहार गरिएको हो ।

सञ्चारमाध्यमद्वारा सार्वजनिक भएको भिडियोमा मरिसनलाई प्रहार गरिएको अण्डा नफुटी उछिट्टिएको देखिन्छ । अण्डा प्रहार गर्ने २५ वर्षीय युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । न्यु साउथ वेल्स प्रहरीले प्रधानमन्त्रीमाथि अण्डा प्रहार गर्ने महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।

मानुस द्वीपका शरणार्थीबारे सरकारी नीतिको विरोधमा आफूले मरिसनमाथि अण्डा प्रहार गरेको युवतीको भनाई छ । यसैवीच प्रधानमन्त्री मरिसनले आफूमाथिको आक्रमण ‘कायर’ कदम भएको टिप्पणी गर्नुभएको छ । विपक्षी दलका नेताले अण्डा प्रहारको निन्दा गर्दै प्रधानमन्त्रीमाथि ‘अमर्यादित व्यवहार’ टिप्पणी गरेका छन् ।

Facebook Comments