नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलन शुरु

नेपाल पूर्व प्रहरी संगठन गण्डकी प्रदेशको प्रथम सम्मेलन पोखरामा शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले पुर्व प्रहरीहरु संग भएको ज्ञान सीप र क्षमताको राज्यले उपयोग गर्नुपर्ने बताउनुभयो ।

नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बसन्तराज कुवंरले बाहलमा रहदा पुर्वहरुको लागि नसोच्नेहरु आफुपुर्व भएपछि पछुताउने गरेको बताउनुभयो । शैनिकमा पुर्व शैनिकलाई अप्ठेरो पर्दा हेर्ने छुट्टै अफिस भएपनि प्रहरीको हकमा भने त्यसो हुन नसकेको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशका प्रहरी प्रमुख दानसिङ बोहोराले २ हप्ता भित्र गण्डकी प्रदेशका सवै जिल्लामा पुर्वप्रहरीको लागि जिल्ला प्रहरी कार्यालयभित्रै एउटा कोठा मात्रै भएपनि उपलब्ध गराउने बताउनुभयो ।

गण्डकी प्रदेशका प्रहरी नायव महानिरिक्षक दानसिंह बोहोराले पुर्व प्रहरीसंग भएको ज्ञान सीप र क्षमताको राज्यले प्रयोग गरेर देशलाई समृद्धि तर्फलैजान सहयोग पुग्ने बताउनु भयो । नेपाल पूर्व प्रहरीहरु संगठन ७७ वटै जिल्लामा शाखा रहेको बताइएको छ । कार्यक्रम पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुर्व प्रहरीहरु रिटायर भएको तर टायर्ड नभए बताउनुभयो ।

Facebook Comments