प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि भियतनाम प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

६ दिने भ्रमका क्रममा प्रधानमन्त्री ओलीले बैशाख ३० गतेसम्म भियतनाममा विभिन्न कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको छ । ३० गते नै प्रधानमन्त्री ओली कम्बोडिया जाने कार्यक्रम रहेको छ । कम्बोडिामा रहँदा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने कार्यक्रम छ ।

Facebook Comments