पोखरा चाउथेमा लक्ष्मी स्टोर्सवाट साढे ५ लाखबढीको चोरी

पोखराको वडानं १४ चाउथेमा विगत २ महिना यतादेखि चोरको विगविगी रहेको स्थानीयले बताएका छन । बुधबार रातीमात्रै हरि अधिकारीको बेलचौतारा मार्गमा रहेको लक्ष्मी स्टोर्समा चोरी भएको छ । अधिकारीको पसलमा रहेको खाद्यान्न सहित महङो ब्राण्डका रक्सी र केही नगद सहित साढे ५ लाख बराबरको सामान चोरीभएको अधिकारीले बताउनुभयो ।

च्नालगेटको चापी भित्र ढोकाको चापी फोडेर चोरी भएको र आफुहरुले विहान उठ्दा मात्रै थाहा भएको बताउनु भयो ।अधिकारीले प्रहरीलाई खबर गरेको बताउनुभयो । त्यस क्षेत्रमा बेला बेलामा चोरीको घटना हुदापनि प्रहरी प्रशासनबाट चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।

एक महिना अगाडि त्यही रहेको एक ब्युटीपार्लर र २ महिना अगाडि रोजिना टेलर्स एवं कपडा पसलमा चोरी भएको थियो । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले घटना खबर थाहा पाउने वित्त्तिकै रामबजार प्रहरीलाई घटनालाई सुक्ष्मरुपमा अनुसन्धान गरेर चोरहरुलाई तत्तकाल पक्राउ गर्न निर्देशन दिएको बताउनुभयो । चाउथे क्षेत्रमा प्रहरीले विशेष निगरानी गर्ने उहाँको भनाई छ । यसअघि पोखराका ६ वटा वडा कार्यालयहरुमा समेत तोडफोडका साथै चोरी भएको थियो ।

Facebook Comments